काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको महसुल वृद्धि गर्न कुनै स्वीकृति नदिएको स्पष्ट पारेको छ।
प्राधिकरणका अनुसार स्वीकृतिबिना इन्टरनेट सेवाको महसुल वृद्धि गर्ने, उपभोक्ताबाट स्वीकृत दरभन्दा बढी शुल्क असुल गर्ने, महसुलबारे भ्रम सिर्जना गर्ने तथा गैरकानुनी रूपमा सेवा सञ्चालन गर्ने कार्य गैरकानुनी ठहरिन सक्नेछ।
यस्ता गतिविधि भएको पाइएमा तत्काल छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
उपभोक्ताको हितविपरीत हुने कुनै पनि गैरकानुनी गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्दै सम्बन्धित निकायले इन्टरनेट सेवा प्रदायकहरूलाई प्रचलित नियमअनुसार सेवा सञ्चालन गर्नुपर्ने सन्देश दिएको छ।
स्रोत : सूचना तथा सञ्चार मन्त्रालय, नेपाल सरकार
