काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशमा २ हजार २१६ किलोमिटर अप्टिकल फाइबर विस्तार गर्न २ अर्ब १ करोड रुपैयाँको परियोजनामा आज सम्झौता भएको छ।
परियोजनाको काम निर्धारित समयावधिभन्दा अगावै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिइएको छ।
अप्टिकल फाइबर विस्तारले तीव्र गतिको इन्टरनेट तथा सञ्चार सेवाको पहुँच विस्तार गर्न र डिजिटल पूर्वाधार विकासमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
स्रोत: सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल सरकार।
