प्रवचनका क्रममा पादरीमाथि खस्यो विशाल काठको क्रस, लाइभ प्रसारणकै क्रममा मृत्यु

अहिलेसम्म | अन्तर्राष्ट्रिय समाचार

सिड्नी, अस्ट्रेलिया। इक्वेडरमा चर्चमा प्रार्थना सभा (मास) सञ्चालन गरिरहेका एक क्याथोलिक पादरीको विशाल काठको क्रस खसेर लाग्दा मृत्यु भएको छ। घटना अक्टोबर १७ मा इक्वेडरको ग्वायाकिलस्थित चर्चमा भएको हो।

मृत्यु हुनेमा ५३ वर्षीय फादर प्याट्रिसियो अल्फ्रेडो सान्चेज मोलिनारी रहेका छन्। उनी ग्वायाकिलस्थित आवर लेडी अफ पर्पेचुअल हेल्प चर्चका पादरी थिए।

समाचार संस्था एसोसिएटेड प्रेस (एपी) लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पादरी वेदी पछाडि उभिएर धार्मिक विधि सञ्चालन गरिरहेका बेला भित्तामा जडान गरिएको ठूलो काठको क्रस अचानक खसेको थियो। क्रसले उनको टाउकोमा प्रहार गरेपछि उनी वेदी पछाडि ढलेका थिए।

घटना सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण भइरहेको थियो। क्रस खसेपछि चर्चमा उपस्थित भक्तजनहरूले तत्काल सहयोगका लागि आवाज उठाउँदै एम्बुलेन्स बोलाउन आग्रह गरेका थिए। तर पादरीको ज्यान जोगाउन सकिएन।

ग्वायाकिलको आर्चडायोसिसले अक्टोबर १७ मै पादरीको निधन पुष्टि गर्दै शोक व्यक्त गरेको थियो। उनी रेडेम्प्टोरिस्ट धार्मिक समुदायका सदस्यसमेत थिए।

घटनाको कारण भने अहिलेसम्म स्पष्ट भएको छैन। क्रस कसरी भित्ताबाट छुटेर खस्यो भन्ने विषयमा सम्बन्धित निकायबाट आधिकारिक विवरण सार्वजनिक भएको छैन।

घटनाको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। चर्चले संवेदनशील दृश्य समेटिएको मूल प्रत्यक्ष प्रसारण हटाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

स्रोत: Associated Press (AP), CBS News तथा National Catholic Reporter।

#Ahilesamma #InternationalNews #Ecuador #CatholicChurch #BreakingNews

Please follow and like us:
Pin Share

Leave a Reply