अस्ट्रेलियाली सांसद जोस विलीले नेपाली समुदायलाई दिए दसैँको शुभकामना

अस्ट्रेलिया। अस्ट्रेलियाका सांसद जोस विली (Josh Willie) ले दसैँको अवसरमा अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई शुभकामना व्यक्त गरेका छन्।

दसैँको पावन अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपाली समुदायमा शान्ति, समृद्धि र खुसी छाओस् भन्ने कामना गरेका छन्।

उनले आफ्नो सन्देशमा नेपाली समुदायलाई दसैँको शुभकामना दिँदै यस पर्वले सबैको जीवनमा सकारात्मकता र सुख ल्याओस् भन्ने आशय व्यक्त गरेका छन्।

दसैँ नेपाली समुदायको प्रमुख सांस्कृतिक पर्व हो। यस अवसरमा परिवारको पुनर्मिलन, आपसी सद्भाव, आशीर्वाद र सांस्कृतिक परम्पराको संरक्षणलाई विशेष महत्त्व दिइन्छ।

अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले आफ्नो भाषा, संस्कृति र परम्परालाई निरन्तरता दिँदै बहुसांस्कृतिक समाजमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

अहिलेसम्म | Ahilesamma
सम्पूर्ण समाचार, छलफल, बहस र मनोरञ्जन एकै ठाउँमा।

Please follow and like us:
Pin Share

Leave a Reply