logo

Vivid Nepali Media अब ‘अहिलेसम्म’ नामबाट सञ्चारमाध्यमको नयाँ पहिचान, यात्रामा निरन्तरता।

सन् २०१८/२०१९ देखि सामाजिक सञ्जाल र युट्युबमार्फत सक्रिय रहँदै आएको Vivid Nepali Media अब ‘अहिलेसम्म (Ahilesamma)’ नामबाट अगाडि बढ्ने भएको छ।

विगतदेखि नै नेपाली समाचार, समसामयिक विषय तथा विभिन्न जानकारीमूलक सामग्रीमार्फत दर्शक, श्रोता र पाठकसँग जोडिँदै आएको Vivid Nepali Media ले अब नयाँ नाम र पहिचानसहित आफ्नो यात्रालाई निरन्तरता दिन लागेको हो।

‘अहिलेसम्म’ मार्फत नेपाल तथा प्रवासका समाचार, राजनीति, समाज, विचार, छलफल, बहस, विश्लेषण र मनोरञ्जनलगायत विविध विषयका सामग्री प्रस्तुत गरिनेछ। सत्यतथ्यमा आधारित, जिम्मेवार र विश्वसनीय पत्रकारितालाई प्राथमिकतामा राख्दै आम नागरिकका चासो र सरोकारका विषयलाई दर्शकमाझ पुर्‍याउने हाम्रो प्रतिबद्धता रहनेछ।

नाम परिवर्तन भए पनि दर्शक, श्रोता र पाठकप्रतिको जिम्मेवारी, विश्वास र समर्पण निरन्तर रहनेछ। विगतदेखि साथ, सहयोग र विश्वास प्रदान गर्दै आउनुभएका सम्पूर्ण दर्शक, श्रोता, पाठक, शुभचिन्तक तथा सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। आगामी दिनमा पनि यहाँहरूको माया, साथ, सुझाव र सहयोगको अपेक्षा गर्दछौँ।

Vivid Nepali Media को यात्रालाई नयाँ पहिचानसहित अघि बढाउँदै—अब ‘अहिलेसम्म’।

अहिलेसम्म — सम्पूर्ण समाचार, छलफल, बहस अनि मनोरञ्जन एकै ठाउँमा।

Please follow and like us:
Pin Share

One Reply to “Vivid Nepali Media अब ‘अहिलेसम्म’ नामबाट सञ्चारमाध्यमको नयाँ पहिचान, यात्रामा निरन्तरता।”

Leave a Reply