अस्ट्रेलिया। अस्ट्रेलियाका सांसद जोस विली (Josh Willie) ले दसैँको अवसरमा अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई शुभकामना व्यक्त गरेका छन्।
दसैँको पावन अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपाली समुदायमा शान्ति, समृद्धि र खुसी छाओस् भन्ने कामना गरेका छन्।
उनले आफ्नो सन्देशमा नेपाली समुदायलाई दसैँको शुभकामना दिँदै यस पर्वले सबैको जीवनमा सकारात्मकता र सुख ल्याओस् भन्ने आशय व्यक्त गरेका छन्।
दसैँ नेपाली समुदायको प्रमुख सांस्कृतिक पर्व हो। यस अवसरमा परिवारको पुनर्मिलन, आपसी सद्भाव, आशीर्वाद र सांस्कृतिक परम्पराको संरक्षणलाई विशेष महत्त्व दिइन्छ।
अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले आफ्नो भाषा, संस्कृति र परम्परालाई निरन्तरता दिँदै बहुसांस्कृतिक समाजमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
अहिलेसम्म | Ahilesamma
सम्पूर्ण समाचार, छलफल, बहस र मनोरञ्जन एकै ठाउँमा।
