सिड्नी, अष्ट्रेलिया। अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले दसैं पर्वको सुरुवातसँगै नेपाली समुदाय तथा सम्पूर्ण नेपालीलाई विजयादशमीको शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री अल्बानीजले सामाजिक सञ्जालमार्फत आफू र आफ्नो परिवारका तर्फबाट सबैको स्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गरेका हुन्।
उनले आफ्नो सन्देशमा भनेका छन्, “With today marking the beginning of Dashain, I wish you and your family health, happiness and prosperity. Vijaya Dashami ko Subhakamana.”
नेपाली समुदायको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व दसैंले परिवारबीचको एकता, आपसी सद्भाव र खुसीको सन्देश दिने गर्दछ। अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूले पनि विभिन्न कार्यक्रम, पारिवारिक जमघट र सांस्कृतिक गतिविधिमार्फत दसैं मनाउने गर्छन्।
प्रधानमन्त्री अल्बानीजको शुभकामना सन्देशले अष्ट्रेलियामा रहेको नेपाली समुदायको चाडपर्व र सांस्कृतिक पहिचानप्रति देखाइएको सम्मानलाई प्रतिबिम्बित गरेको छ।
अहिलेसम्म (Ahilesamma) | Vivid Nepali Media
